Loading...
बोक्शी आरोपमा महिला पिटाउने मेयर भेट्न ओली पुगे अस्पताल, भने “सबै खर्च सरकारले बेहोर्छ”

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले घोडाघोडी नगरपालिका, कैलालीका मेयर ममता प्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् । चौधरीलाई अपरिचत समूहले गत सोमबार घोडाघोडीमै गोली र खुकरी हानेर सख्त घाइते भएका थिए ।

प्रधानमन्त्री ओलीसहित नेकपा (एमालेका नेताहरुले शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

प्रधानमन्त्री ओलीले अस्पताललाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । ‘उपचार खर्च सरकारले व्योहोर्छ’ उनलेभने, ‘उहाँको उपचारमा कुनै पनि कसर बँँकी नराखी उपचार गर्नुहोस् ।’

प्रधानमन्त्री ओलीले चौधरीको ज्यान मार्ने उद्योगले भएको गोलीकाण्डको निष्पक्ष छानविन हुने परिवारका सदस्यलाई बताए । उनले भने, ‘दोषी उम्कन पाउँदैनन् । उनीहरुलाई कानुन अनुसार कारबाही हुन्छ ।’

www.praharnews.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *