Loading...
साबधान ! चोरहरुले पनि प्रेस लेखेको मोटरसाइकल चलाउन थालेपछि रौतहट प्रहरीले समात्यो

नरेन्द्र साह, रौतहट,चैत ०४, रौतहट जिल्लाको विभिन्न ठाउँमा सवारीसाधनहरुको चेक जाँचमा ट्राफिक प्रहरी कार्यालय रौतहटले एकदमै कडाइ गरेका छन।चेक जाँच कै क्रममा अाज बेलुकी नेपाल भारत सिमा नाका गौर भन्सार नजिक रौतहट जिल्लाका धरहरी घर भएको प्रदिप यादव भन्ने मुन्ना यादवलाई प्रेस लेखेको ना ३४ प ९९८० नंबरको पैसन प्रो मोटरसाइकल सहित यादवलाई नेपाल प्रहरीले पक्राउ गरेका छन।यादव पहिला चोरीकै मुद्दामा जेल सजाय काटेको थियो तर यादव चोरी गर्ने बाँनी छोडेको थिएन। यादव माथि मोबाइल र लेपटप चोरीको मुद्दा दर्ता हुन साथ ८ दिन देखि यादवलाई समात्न जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी खटेको थियो। यादवले प्रहरीलाई अौन्यलमा राख्दा राख्दै अाज चेक जाँचकै क्रममा प्रहरीले यादवलाई समातेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मोटरसाइकल बारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *