
नरेन्द्र साह, रौतहट चैत्र ४, भंसार कार्यालयले नियमित अनुगमण नगरेको कारण फस्टाएको तस्करी रोक्न सीमावर्ती चेकपोवाईन्टहरु पनि रुची देखाएका छैनन । यहि क्रममा आज तस्करी कार्यमा संलग्न रहेका तस्कर शेख मोतिमको तस्करीका कपडा सहित तीन जनालाई सशस्त्र प्रहरीका टोलीले दिपही चौकबाट पक्राउ गरेका छन । सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मी परिचालित रहेपनि भित्री भागबाट अवैध माल समान पक्राउ पर्नुले चेकपोवाईन्टको जिम्मेवारीमाथि शंका उत्पन्न भएको छ । भारतबाट बंकुल नाका हुदै नेपाल भित्रियाइएका करीव १ लाख मूल्य बरावर समान सशस्त्र प्रहरी बल बी ओपी गौर भन्सारबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दीपक शाहीको कमांडमा खटिगएको टोलीले तीन बटा भारतीय नंबरको मोटर साइकल सहित २ पोका विभिन्न किसिमका कपडा समेत नियन्त्रणमा लिएका हुन । पक्राउ पर्ने २ जना भरिया रहेका छन भने एक जना सुराकी रहेको बुझिएको छ ।
बंकुल नाकाबाट बिना भन्सारको नेपाल ल्याउदै गरेको कपडा सहित स्थानीय बौधिमाई नगरपालिका २ बस्ने झगरू साह, वार्ड नंबर १ अजगैवी निवासी अमोद साह सँगै सुराकी गरुडा नगरपालिका ६ शिवनगर निवासी ३५ वर्षीय तवारक हुसैन पक्राउ परेको असई शाहीले बताएका छन । तस्करीको समान ढुवानीमा प्रयोग भएको बीआर ०५ एल ०८७३, बीआर ३० एन २७८३ र बीआर २२ एल १९४७ नंबरको स्पलेंडर मोटरसाइकल बरामद गरिएको छ । पक्राउ परेका कपडाहरुमा साडी, झूल, कुर्ता सुरुवाल, धोती, सूती कपडा रहेको जिल्ला भन्सार कार्यालयले जनाएको छ । तस्करीको समान पुर्याउने भरिया अमोद साहले एक पटकमा पारिश्रमिक वापतमा ५ सय नगद र पेट्रोल तस्करले दिने गरेको बताएका छन । सुराकी रहेका हुसैन अगाडी अगाडी तथा हामी समान लिएर पछि पछि हिड्ने गरेको बताउँदै यस्तो कार्य दिनहु भैरहेको बताएका छन । सुरक्षाकर्मीको टोली देखेपछि छौ जना तस्कर मोटरसाईकल र समानसहित भाग्न सफल भएका प्रत्यक्षदर्शीले जनाएका छन । बंकुल र कोपवामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालय हुदा हुदै पनि तस्करी नियन्त्रण हुन सकिरहेको छैन । नेपाल भारत सिमानामा प्रहरीको गस्ती टोली परिचालन रहेको अवस्थामा भारतबाट तस्करी गरी ल्याइएका समान सिमा क्षेत्रमा पक्राउ नपरी सिमा देखि करीव ३० किलो मीटर भित्रमा पक्राउ पर्नुले सुरक्षामा रहेका सुरक्षाकर्मीहरुको नियतमाथि प्रश्न उठाउनु स्वभाविक हो । गौर भंसार कार्यालय समेत तस्करी रोक्न रुची देखाएको बुझिएको छैन । कार्यालयको दुवै गाडी महिनौ देखि बिग्रेर थन्किएको श्रोतको दावी छ ।
Facebook Comments