Loading...
फोरमको निष्कर्ष: बोलीको ठेकान नहुने ओली पल्टिन्छ,पहिले संबिधान संसोधन अनि सरकार
काठमाण्डौ ४, चैत्र । संघीय समाजवादी फोरम नेपालले सरकारसँगको जारी वार्ताको समीक्षा गर्दै लिखित सहमति भएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
वार्ता प्रक्रिया जारी नै रहेकोले संविधान संशोधन लगायतको एजेन्डामा सत्तापक्ष नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग लिखित सहमति भइसकेपछि मात्र सरकारमा सहभागी हुने निर्णय भयो ।
पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आइतबार फोरम नेपालको कार्यसम्पादन बैठकले सरकारसँग थप वार्ता गर्ने र त्यो वार्ता निष्कर्षमा पुगे मात्रै आफ्ना मन्त्रीहरु चयन ग़री सरकारमा जाने निर्णय गरेको हो ।
फोरम नेपालले सरकारमा जानुअघि संविधान संशोधन लगायतका एजेन्डामा सरकारसँग लिखित रुपमा ठोस सहमति हुनु पर्ने सर्त अघि सारेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *