
संघिय समाजबादी फोरम नेपाल का अध्यक्ष उपेन्द्र यादवले चारसयवटा संशोधन प्रस्तावमा छलफलसम्म नभई संविधान जारी गरिएको बताउनु भएको छ । ह्वीप जारी गरी सबैलाई हुन्छ भन्न लगाएर यो संविधान ल्याइएको हो ।’ नेता यादवले नेपालको संविधानले विविधतालाई सम्बोधन गर्न नसकेको चर्चा गर्दै भन्नुभयो– ‘प्रधानमन्त्रीले नै सङ्घीय अवधारण अनुरुपको व्यवहार गर्नुभएको छैन ।
कैलाली घटनाका बारेमा अध्यक्ष यादवले रेशम चौधरी यदि दोषी हो भने प्रदेश सरकारले आवश्यक कारवाही प्रक्रिया अघि बढाउनु पर्ने हो प्रधानमन्त्री ओलीले सिधै केन्द्रबाट आदेश दिनु, राधा चौधरीमाथि भएको कुटपिट प्रकरणमा दोषीहरूलाई कारवाही गर्न निर्देशन दिनु सङ्घीयताको अवधारणा विपरीत भएको बताउनु भएको छ ।
Facebook Comments