Loading...
नेपाली संघीय समाज कतारको भेला सम्पन्न, यी हुन् भेलाले गरेका महत्वपूर्ण निर्णयहरु

नेपाली संघीय समाज कतारको अध्यक्ष डिएन मगरको अध्यक्षतामा बसेको नियमीत भेला उल्लेख्य सहभागीताका साथ् सम्पन्न भएको छ।

नेपाली संघीय समाज कतार संगठनको मासिक बैठकले रिक्त हुन गएको पदहरुमा पदोन्नति तथा पदपूर्ति गर्ने निर्णय गर्दै विभिन्न पदहरुमा क्रमश: केन्द्रिय कार्यसमिति सदस्य बाट महासचिवमा पंकज नेवाहाङ्ग, केन्द्रिय कार्यसमिति सहसचिवबाट सचिवमा पूर्ण राइ पुमा, केन्द्रिय कार्यसमिति सदस्य बाट सहसचिवमा धन प्हच्यु गुरुङलाइ पदोन्नति तथा मनोनयन गर्दै रिक्त हुन गैरहेको कार्यसमितिलाई पुन: पूर्णता दिदै निवर्तमान कावा महासचिव चरण राईबाट संगठनको सम्पुर्ण चल अचल कागजातहरु नव मनोनित महासचिवलाई हस्तान्तरण गरि बधाई तथा शुभकामना साथै कार्य जिमीवर बोध गराउदै संगठनको सम्बन्धलाई अझ सामिप्य र सुमधुर बनाउनका निमित्त अनौपरिक रुपमा जहाँ भए पनि सकेको भरपुर सहयोग गर्ने बताउनु भएको थियो।

संगठनको अध्यक्षको अध्यक्षतामा बसिएको भेलामा सह अध्यक्ष हिरा धन राई साथै प्रमुख सल्लाहकार चन्द्र शेर राईले नव मनोनितहरुलाई संगठनको नैतिक जिम्मेवारी सुझाव दिदै शुभकामना दिनु भएको थियो। साथै अन्य प्रखर तथा जुझारु नेताहरुले आ-आफ्ना विचार व्यक्त गर्दै संगठनको खुलेरै प्रशंसा गरेका थिए।

मासिक बैठक संचालन कार्यवाहक महासचिव चरण राईले गर्नु भएको थियो भने अन्तमा महासचिव पंकज नेवहाङ्गले पूर्णता दिदै अध्यक्ष डिएन मगरले बैठकलाई समापन गरेको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *