Loading...
सेक्युरीटिकै घेराभित्रबाट सनराइज बैंकको शाखामा यसरी भयो चोरी, सबै अचम्मित

धरान, चैत ५ – सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित सनराइज बैंकको शाखामा अज्ञात समूहले आइतबार राती चोरी भएको छ ।

प्रहरी लगायत सेक्युरीटिकै घेराभित्रबाट बैंकमा चोरी भएपछि सबै अचम्मित बनेका छन । गएराती बैकको शाखा अन्तरगत पहिलो लकरबाट ४ लाख ४७ हजार २ सय ६६ रुपैया चोरी भएको छ भने दोस्रो लक्करमा राखिएको १० लाख ७६ हजार भने चोरले फोर्न नसकेकै कारण सुरक्षित रहेको संघीय इकाई प्रहरी कार्यालय धरानका डिएसपी भिम दाहालले बताए । चोरीमा संलग्न हुनेहरूको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *