Loading...
लिम्बुवानमाथि हमला, स्थिति भयाबह, युद्धकोलागि तयार रहन कार्यकर्तालाइ लिङ्देनको निर्देशन

बिजयपुरको दरवार क्षेत्रमा आज देखि सरकारले डोजर लगाएको छ । सरकारले डोजर लगाएपछि कुमार लिङ्देन मिराक अध्यक्ष रहेको संघिय लिम्बुवान मन्चले सरकार को यस कदम को घोर भर्त्सना तथा ससक्त बिरोध गरेको छ ।
सघिय मन्च, सघिय लिम्बुवान मन्चको सम्पुर्ण नेता कार्यकर्ता र आम जन्समुदायहरुमा अध्यक्ष लिङ्देनले यस कार्यको कार्यको बिरुद्धमा उत्रन अनुरोध समेत गरेको छ ।
लिङ्देन दवार जारि बिज्ञप्ति मा भनिएको छ – “लिम्बुवानको माङ्गेना / शिर / अस्तित्व माथिको यो आक्रमण तत्काल बन्द नगरिए अनिश्चितकालीन लिम्बुवान बन्द सम्मको बिरोध कार्यक्रम घोशणा गरेर मन्च मैदानमा उत्रने चेतावनी दिन चाहन्छौ ।’
मन्चको सबै तहको समितिहरुले तुरुन्त आपतकालीन मिटिङ हरु राखेर आन्दोलनको तयारी गर्न समेत लिङ्देनले अनुरोध गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *