
रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपद ग्रहण र रिहा गर्ने तयारी भईरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् ।
अपारधिक मुद्धालाई राजनीतिक नबानाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।
अदालतको प्रक्रियामा गएको मुद्धा अदालतबाटै फैसला हनुपर्ने उनीहरुको भनाई छ । पीडितहरुले चौधरीलाई छाडे आन्दोलन गर्ने बताएका छन्
अपराधिलाई सरकारले छोड्ने हो भने हामी पीडितलाई कसरी कानुनी राज्को महसुस हुन्छ, टीकापुर घटनामा मारिएका डेढ बर्षीय बालक टेकबहादु साउँदका ६५ बर्षीय हजुरबा जंगबहादुर साउँदले भने, न्यायालयबाट छुटेका हाम्रो भन्नु केही हुन्थेन ।, आजको नागरिक पत्रिका मा खबर छ ।
Facebook Comments