Loading...
ईयू सुझावलाई लिएर परराष्ट्र मन्त्रालयले जारीगरेको विज्ञप्ति अपरिपक्वताको नमुना- उपेन्द्र

चैत ९, रौतहट । संघीय समाजबादी फोरम नेपाल का अध्यक्ष उपेन्द्र यादवले यूरोपियन यूनियनको निर्वाचन पर्यवेक्षण मिसनको सुझावलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । ईयूको सुझावलाई लिएर परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अपरिपक्वताको नमुना भएको उनले दावी गरेका छन् ।

शुक्रबार रौतहटको गौरमा सञ्चारकर्मीसँग कुरा गर्दै संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले यूरोपियन यूनियनले भनेको कुरा सुझावका रुपमा लिएर अगाडि बढनुपर्ने धारणा राख्नु भयो ।

ईयूको निर्वाचन पर्यवेक्षण मिसनले नेपालमा खस/आर्य समुदायलाई दिएको आरक्षण खारेज गर्न सुझाव दिएको थियो । ईयूको उक्त सुझावको पक्ष र विपक्षमा मत सार्वजनिक भइरहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *