
उपसभामुख राधिका तामाङले संसदमा गाइ काटेर खान दिनुपर्ने बताएपछि विश्व हिन्दु महासंगले कडा आपति जनाएको छ । खास गरेर सामाजिक संजालमा उनि माथि कडा मन्तब्य तथा शब्दहरुको वर्षा भैरहेको छ । विश्व हिन्दु महासंग कि महासचिब अस्मिता भण्डारीले फेसबुकमा उनको मन्तब्यपछि हिन्दुहरुदवारा बिशेष बिरोधको कार्यक्रम नआएपनि हिन्दुहरुकाे सहनशीलतालाई कमजोरीकाे रुपमा नलिन आग्रह गर्नु भएको छ ।
भण्डारीको पोस्ट यस्तो रहेको छ :
संसार भरी छरिएर रहेका हिन्दुहरुकाे अास्थाकाे देश हाे नेपाल , जहाँ ८४% हिन्दु धर्मावलम्बीको बसाेबास रहेको छ । हामी हिन्दुहरु गाईलाई अामा समान मान्दछाैं । नेपालमा गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति उप सभामुख राधिका तामाङले दिनु र गृहमन्त्रीले समेत यश बिषयमा कानुन बनाउने अाश्वसन दिनु हिन्दु धर्मावलम्बीकाे अास्था माथिकाे धेरै ठुलो चुनाेैती हाे । यसरी सामाजिक सद्भाव र अापसी भाईचाराकाे सम्बन्ध बिरुद्मा अाएकाे घाेर अापत्ति पूर्ण अभिब्यक्ति धार्मिक सद्भावमा खलल पुर्याउने र अान्तरिक द्वन्द्व खडा गर्ने अासयले अाएकाे हुनाले यस्तो अभिव्यक्तिकाे घाेर विरोध र भर्त्सना गर्छु । हिन्दुहरुकाे सहनशीलतालाई कमजोरीकाे रुपमा नलिन समेत अाग्रह गर्दछु ।
Facebook Comments