Loading...
विकास निर्माणको कार्यमा केहि सुन्न चाहन्न कुनै सम्झौता हुँदैन ः मुख्यमन्त्री राउत

जनकपुरधाम, चैत १० । मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणको कार्यमा प्रदेश सरकार कुनै सम्झौता नगर्ने बताउनु भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश नं. २को प्रदेश कार्यालयलाई उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा विकास निर्माणको कार्यमा व्यापक अनियमितता र ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै अबको दिनमा यस्तो कार्य स्वीकार नहुने बताउनु भएको हो ।
काम पाउन निर्माण व्यवसायीहरुले कम मोलमा ठेक्का कबूल गर्ने परिपाटी बढदै गएको तर्फ सचेत गराउदै मुख्यमन्त्री राउतले अस्वस्थ्य प्रतिस्पर्धा नगर्न निर्माण व्यवसायीहरुलाई आग्रह समेत गर्नु भएको थियो ।
प्रदेशको विकासको लागि निर्माण व्यवसायीको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उहाँले गुणस्तरीय काम गर्ने व्यवसायीलाई पुरस्कृत गर्ने र कमअसल काम गर्ने व्यवसायीलाई दण्डित गर्ने प्रावधान समेत सरकार ल्याउन लागेको बताउनु भयो।
विकास निर्माणको काममा व्यवसायीलाई कुनै मन्त्री, प्रदेश सभा सदस्य , कर्मचारीले कुनै वहानामा अवरोध सृजना गरे आफुलाई जानकारी गराउन आग्रह गर्दै मुख्यमन्त्री राउतले त्यस्ता व्यक्तिलाई कारवाही गर्न आफु हरदम तत्पर रहेको समेत बताउनु भयो ।
निर्माण व्यवसायी महासंघ प्रदेश समितिका अध्यक्ष सुरेन्द्र चौधरी मुन्नाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर साह, निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष विष्णु भाई श्रेष्ठ सहितको उपस्थिति थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *