Loading...
फोरम नेपालका नेताहरु चिन संग नजिकिदै, फोरमका १५ नेताहरु आज चीन प्रस्थान हुने

काठमाडौं – संघीय समाजवादी फोरम नेपालका १५ जना नेताहरु आज चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा फोरमका सात सांसद र आठ केन्द्रीय सदस्य त्यसतर्फ जान लागेका हुन् ।
फोरमको १५ सदस्यीय टोलीको नेतृत्व उपाध्यक्ष रेणु यादवले गर्नेछिन् । प्रतिनिधिसभा सदस्यहरु रेणु यादव, प्रदीप यादव, रामबाबु यादव र सुरेन्द्र यादव, प्रदेशसभा सदस्यद्वय जयराम यादव र रणध्वज लिम्बु तथा राष्ट्रियसभा सदस्य रामप्रीत पासवान चीन जाने तय भएको छ भने केन्द्रीय सदस्यहरू अर्जुन थापा, सञ्जय सिंह, भूराज राई, रामआशिष यादव, शेषनारायण यादव, दिनेशकुमार यादव र मिलनकुमार यादव चीन जाँदैछन् । आजको नागरिक दैनिकमा खबर छापिएको छ । भ्रमणका क्रममा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू, चीन सरकारका मन्त्री, बेइजिङ महानगरपालिकाका प्रमुखसँग भेट गर्ने कार्यक्रम छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *