Loading...
माओवादी लडाकु ३१ बर्षीया अनुपा राईको १५ बर्षदेखि शरीरमा बमका छर्रा !

माओवादी लडाकु भएर लडेकी ३१ बर्षीया अनुपा राई अहिले रोगिएर बसेकी छिन् । टाउको र छातीमा लागेको बमको छर्रा अनुपाले उपचार गराएर निकाल्न सकेको छैनन् ।
न उनको पार्टीले उपचारमा सहयोग गर्यो उनीसँगै सशस्त्र द्धन्द्धमा हिँडेकाहरु पटक पटक सत्तामा पुगिसकेका छन्, तर, अनुपताको शरीरमा लागेको बमको छर्रा निकालिदिन कसैको ध्यान पुगेको छैन । ओखलढुंगाको कुईभीरमा जन्मिएकी अनुपा १६ बर्षको उमेरमै माओवादी लडाकु बनेकी थिईन्, २०५८ सालमा ९ कक्षामा पढाई सुरु रेका बेला उनले माओवादीको जनमुक्ति सेनामा भर्ती भएर बन्दुक समाएको थिईन् । माओवादीमा लागेर दर्जनौँ लडाइ लडें उनले भनिन्, केहि साथी सहिद भए, बाँचेका साथीहरु सत्तामा छन् ।, आजकोअन्नपुर्ण पोष्टमा यो खबर छ । पार्टीले नै उपचारमा चासो नदिएपछि १५ बर्षयता शरीरमै बमको छर्रा बोक्न् उनी बाध्य छिन् । बमको चर्राकै कारण उनी रोगले थलिन थालेकी छिन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *