Loading...
दर्जनौको लाशमाथि यो संबिधान टेकेको छ, फास्ट ट्रयाकको नाममा डोजर नलगाउ- श्रेष्ठ (भिडियो)

संघिय समाजबादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले अहिलेको संबिधान ५ दर्जन भन्दा बढी जनतालाई लाश बनाएर टेकेर जारि भएको संबिधान भएको बताउनु भएको छ । उहाले उक्त कुरा सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभा अध्यक्षले दिएको ४ मिनेटको समयमा आफ्नो भनाइ राख्दै बताउनु भएको हो । साथै उहाले अहिले सडक बिस्तार तथा फास्ट ट्रयाकको नाममा हजारौ बर्ष देखि बसोबास गर्दै आएका खोकना बासीको घरमा डोजर लगाउन नहुने जिकिर समेत गर्नु भएको थियो । साथै उहाले खोकना विश्व सम्पदा सुचीमा समेत सुचिकृत भैसके पनि अहिले फास्ट ट्रयाकको नाममा डोजर आतंक मचाउनु गलत भएको धारणा राख्नु भएको थियो । सह अध्यक्ष श्रेष्ठले खोकनाबाशिको कुरा गरि रहदा एमाले – कांग्रेसका सभासदहरु मुक दर्शक भै सुनेर बसेका थिए ।
(भिडियो हेर्नुहोस)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *