Loading...
शिक्षक सेवा आयोगको परीक्षा स्थगित गर्न अखिल क्रान्तिकारीको कडा चेतावनी, नगरे बिथोल्ने

१४ चैत, भक्तपुर । माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले आगामी २३ गते हुन लागेको शिक्षक सेवा आयोगको परीक्षा स्थगित गर्न कडा चेतावनी दिएको छ । उसले स्थगित नगरे बिथोल्ने सम्म को चेतावनी दिएको छ ।

आन्दोलनरत अस्थायी शिक्षक तथा विद्यार्थीहरुसँग वार्ता गर्न मंगलबार तीन सदस्यीय वार्ता समिति गठन गरेका छन् ।

वार्ता समिति गठन भएपनि भक्तपुरमा आयोजित एक कार्यक्रममा अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘हामीले शिक्षा ऐनको नवौं संशोधन खारेजीको माग गरिरहेको वेला त्यही आधारमा आउँदो २३ गते जबरजस्ती गर्न खोजिए परीक्षा विथोल्छौं ।’

foto onlinekhabar

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *