
१. युक्रेनको प्रान्त क्रिमियाका झन्डै सबै जनताको भाषा संस्कृति रुसी छ । यो प्रान्तले युक्रेनबाट अलग भई रुसमा गाभिने निर्णयको लागि जनमत संग्रह गर्यो । झन्डै ९७ प्रतिशत भन्दा धेरै जनताको अभिमतद्वारा क्रिमिया युक्रेनबाट अलग भई रुसमा गाभिने निर्यण गर्यो । यो निर्णयको युरोपेली देश, युरोपियन युनियन र अमेरिकाले धुँवाधार बिरोध गर्यो । अमेरिकाको नेतृत्वमा नेटो सेनाले क्रिमिया आसपासको समुन्द्रिक क्षेत्रमा आफ्ना युद्धपोत परिचालन गरेर क्रिमिया र रुसलाई तर्साउने असफल प्रयास सम्म गर्यो ।
२. स्पेनको क्याटालोनियाले आफु स्वतन्त्र राष्ट्र हुने घोषणा गर्दै जनमत संग्रह गर्यो । जनमत संग्रहबाट अलग राष्ट्र हुने पूर्ण जनमत आए पछि एकतर्फी रुपमा क्याटालोनियाको क्षेत्रिय संसदले स्वतन्त्र राज्यको घोषणा गरे पछी केन्द्र सरकारले केन्द्रीय सासन लागु गर्नुको साथै क्याटालोनियाका नेता माथि धड्पकड़ सुरु गर्यो । अहिले क्याटालोनियाका कैयौं नेता माथि राजद्रोह मुद्धा चलाएको छ भने युरोपेली पक्राउ पुर्जी जारि गरेको छ । क्याटालोनियामा अहिले पनि लाखौँ लाख जनता स्वतन्त्र क्याटालोनियाको नाममा सडकमा उत्रेका छन तर केन्द्र सरकारले चरम दमन गरेको छ ।
तिनै युरोपेली देशका प्रतिनिधि युरोपियन युनियन बनेर नेपालको बिखन्डनकारी सि के राउतलाई भेटेर सहयोग गरि रहेका छन र राष्ट्र बिखन्डन हुनुपर्छ सम्म भन्ने केहि मधेशी क्षेत्रीय पार्टीलाई आर्थिक सहयोग गरिरहेका छन, जातीय झगडा गराउने केहि जातीय पार्टीलाई आर्थिक सहयोग गरेर उचाली रहेका छन ।
अब एउटा प्रश्न: आफ्नो देशमा स्वतन्त्रता नचाहिने अनि अर्काको देशमा अनेक स्वतन्त्रताको नारामा बिद्रोह कलह गराईदिने ? देउ न क्याटालोनियालाई स्वतन्त्रता अनि स्वीकार गर क्रिमियाको जनताको अभिमत । ज्ञात रहोस यिनै युरोपियन दोकलाले श्रीलंका टुक्र्याउन तामिललाई उचालेर दशकौं सम्म युद्धको भुमरीमा रुमलाएका थिए । श्रीलंकाको युद्धरत क्षेत्रमा तत्कालिन श्रीलंकालिन सरकारले युरोपियन अर्थात् पश्चिमालाई जान निषेध गरे पछी मात्रै श्रीलंकाको गृहयुद्ध समाप्त भएको थियो ।
दुर्गेश घलेको फेसबुक वालबाट
Facebook Comments