Loading...
रौतहटको चन्द्रपुरमा भिषण आगलागी , चार घण्टा पछि नियन्त्रणमा,करोडौंको क्षति

नरेन्द्र साह,रौतहट १४ चैत्र, रौतहटको चन्द्रपुर–५ स्थित बजारटोलको एक घरमा आगलागी हुदा दुई करोड भन्दा बढिको क्षती भएको छ । ब्यापारिक केन्द्रको रुपमा रहेको घरमा आगलागी भएपछि पाँच वटा बरुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । उक्त ब्यापारिक प्रयोजनको घरमा हार्डवेयर तथा फर्निचर उधोग, ईलेक्ट्रिोनिक पसल, मोबाईल मर्मत केन्द्रमा रहेका सामान जलेका छन । घर पुर्णरुपमा क्षती भएको छ । बिहान ६ बजे बाट लागेको आगो चारघण्टा पछि मात्रै नियन्त्रणमा आएको थियो । रौतहटको गौर नगरपालिका, सर्लाहीको हरिऔन, बाराको जीतपुर सिमराउपमहानगरपालिका र कोल्बि नगरपालिकाको बारुणयन्त्र र सुरक्षा निकायका नेपाली शेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी रस्थानीयबासिन्दाले सो आगो नियन्त्रणमा लिएका हुन । नजिकै रहेको चन्द्रपुर नगरपालिका को बारुण यन्त्र भन्ने आगो नियन्त्रण हुन अवस्थामा भए पछि मात्र घटनास्थलमा पुगेको थियो ।आगलागीका कारण फर्निचर गोदाममा रहेका सबै प्लाई र काठ जलेर नष्ट भएका हुदा करोडौंको क्षती भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी शान्तीराज कोईरालाले जानकारी दिनुभयो । आगलागी नियन्त्रणमा लिन घरको पर्खाल समेत भत्काउनु परेको इलाका प्रहरीले जनाएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *