Loading...
शान्तिपुर्ण आन्दोलनमा ब्यापक दमन, फोहोर पानि, अश्रुग्यास र लाठि चार्ज, १६ पक्राउ,

१४ चैत, काठमाडौं । सडक विस्तारको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयबासी माथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ ।

काठमाडौं उपत्यकाको खोकना लगायत मा सडक विस्तार, फास्टट्रयाक, बाहिरी चक्रपथ निर्माण पीडितहरु प्रदर्शन गरेका थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रर्दशन नयाँ बानेश्वरसम्म आएको थियो । बानेश्वरमा सडक अवरुद्ध पार्दै प्रदर्शनकारीहरु सडकमै सुतेपछि प्रहरीले हटाउन खोजेपछि तनाव बढेको थियो । प्रहरीले पानिको फोहोरा र अश्रुग्यास हानेको थियो ।

दुवै तिरको झडपमा प्रहरीले लाठीचार्ज गर्दै १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलार्इ महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ । आन्दोलनकारीहरुले फोहोर पानि को फोहोरा हानेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *