Loading...
एमालेले दम्भ, घमण्ड र दादागिरी नछाडे पार्टी एकता हुदैन – प्रचण्ड

काठमाडौं – नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बराबरी हैसियतमा मात्र पार्टी एकता हुने धारणा सार्बजनिक गरेका छन्। काठमान्डौमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि बराबरी हैसियत नभए पार्टी एकता असम्भब रहेको बताएका हुन् । अध्यक्ष प्रचण्डले पार्टी एकता नभएको खण्डमा ओली सरकारबाट बहिरेने र नयाँ विकल्प समेत खोज्न सकिने संकेत गरे

एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । मस्यौदा अनुसार दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टी चलाउने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी बनेमा ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र करिब ८ सय सदस्यीय राष्ट्रिय परिषद् सदस्य हुनेछन भनी मस्यौदा तयार भएको छ । एकले अर्कालाई नचिन्ने गरी तयार हुने विशाल पार्टी संरचनाले पार्टी नै कता पुग्ने भन्ने चिन्ता कम्युनिष्टहरुमा देखिन थालेको छ ।

मस्यौदाको प्रस्तावना विवादरहित नदेखिएपछि भने पार्टी एकता फेरि पनि भ्यागुताको धार्नी बन्ने हो कि भन्ने आशंका पनि जन्माएको छ । विधान मस्यौदानको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्ति’ शब्द उल्लेख गरिए पनि ‘जनयुद्ध’ शब्द के गर्ने भन्ने बारेमा भने ठूलो विवाद देखिएको हो । माओवदीका लागि जनयुद्ध शब्द घाँटीको घन्टी हो भने एमालेका लागि त्यही घाँडो बनेको छ । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को अर्थ नरहने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नभई नहुने जिकिर गरेको बुझिएको छ ।

अर्को विवाद सूर्य कि सूर्यभित्र हँसिया–हथौडा भन्नेमा देखिएको छ । माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान लिएका छन् भने । एमालेजनका लागि भने सूर्य नै प्यारो बनेको छ । एमाले नेताहरुले सूर्य चिह्न २०४८ देखि नै जनस्तरमा गएकाले यो नै प्रिय र परिचित हुने जिकिर गरेका छन् । तर एमाओवादी आफ्नो हँसिया हथौडा नछोड्ने अडानमा छ । यही हसिया हथौडा र सूर्यले एकताको डोरीलाई क्षति पुग्ने हो कि भन्ने आशंका बलियो बनेको छ ।

त्यस्तै दुई पार्टीको भागबन्डा पनि एकताको अर्को बाधक देखिएको छ । भागबन्डा कुन अनुपातमा गर्ने भन्ने विवाद झन बल्झिएको छ । एमालेले बढीमा ६०–४० को अनुपातमा एकीकरण गर्न सकिने बताएको छ भने माओवादीले समान अनुपातको अडान लिएको छ । यी विवाद नै बाम एकताका लागि महंगो सावित हुने टिप्पणी गरिएको छ ।

praharnews.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *