
काठमाडौं– लोकतान्त्रिक कांग्रेस नेता खुमबहादुर खड्काको उपचारको क्रममा एपोलो अस्पतालमा आज निधन भएको छ । दिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार खड्काको निधन भएको छ ।
उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो ।
उनको स्वास्थ्य स्थितिप्रति गम्भीर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।
बाथरुममा लडेर छाती र मिर्गौलामा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनलाई त्यहाँ सुधार नभएपछि एपोलोमा लगिएको थियो ।
उनलाई एपोलो अस्पतालमा आइसीयुमा राखेर उपचार भएपनि सुधार हुन सकेको थिएन । गत महाधिवेशनबाट भने केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
Facebook Comments