Loading...
किराँतहरुले महादेवको पूजा गर्छन, बुद्धिष्टले राम नवमी, गाईमार्ने कुरो कसरी आयो ?- भण्डारी

विश्व हिन्दु महासंग अन्तराष्ट्रिय की महासचिब अस्मिता भण्डारीले गाईमार्ने कुरा प्रायोजित भएको बताउनु भएको छ । काठमान्डौ महानगर पालिकादवारा संचालित मेट्रो एफ एम ९४.६ मेगाहर्जको प्रस्तुति कार्यक्रम “मन्थन” मा पत्रकार सरोज खिलाडीसंग कुराकानी गर्नुहुदै उहाले उक्त कुरा बताउनु भएको हो ।

जनजातिहरुले गाइमार्ने कुरा उठाएको छ नि, भनेर प्रश्न गर्दा उहाले कुनै पनि सच्चा जनजातिले यस्तो कुरा नगरेको बरु बिदेशीको इशारामा डलर खाएर आपशी सदभाव बिगार्ने केहि प्रायोजित जनजातिहरुले मात्र यस्ता कुरा गरेको बताउनु भएको छ । उहाले भन्नु भयो -” किरातहरुले किरातेश्वर महादेवको पूजा गर्छन हामीले पनि गर्छौ, बुद्धिष्टहरुले राम नवमी गर्छन । गाई मार्ने कुरै आउदैन यो सबै बाहिरि हस्तक्षेप हो यी सबै कुराहरु आपशी सदभाव हल्बल्याउन गरिएको खेल हो, भनि दाबी गर्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *