Loading...
पूर्वसांसद सजय “टकला”ले ३२ करोडभन्दा बढी सम्पत्ति १३ जनाको नाममा लुकाएको ठहर

१६ चैत, काठमाडौं । पूर्वसांसद सजयकुमार साह “टकला” ले अपराध गरेर ३२ करोड भन्दा बढी सम्पत्ति आर्जन गरेको सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले ठहर गरेको छ ।

कर्तव्य ज्यान, भ्रष्टाचार, हातहतियारत तथा खरखजजासम्वन्धी अपराधबाट साहले ३२ करोड ४ लाख ५० हजार ३०४ रुपैयाँ बराबरकोे चलअचल सम्पत्ति आर्जन गरेको विभागको ठहर रहेको छ ।

सम्पत्ति पारिवारिक सदस्य सहित कुल १३ जना को नाम मा राखेको साथै बाबु साहुसाह सुडी, आमा दुलारी देवी साह, श्रीमती रंगीलाकुमारी साहको नाम मा घरजग्गा र्फम, कम्पनीको शेयर र सवारी साधनमा लगानी गरेको विभागको दाबी रहेको आज को नया पत्रिका मा समाचार प्रकाशित भएको छ ।

विभागले साहलाई ३२ करोड ४ लाख ५० हजार ३०४ र अरुलाई असुरको मात्र अनुसार विगो कायम गरी शुक्रबार नै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
साह जनकपुर मा आयोजित भएको मैथिली भाषा साहित्य कार्यक्रम मा बम फ्यालेको बमकाण्डमा जेलमा छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *