
काँग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीले दिनुभएको जानकारी अनुसार राष्ट्रबादी, प्रजातन्त्रबादी, क्रान्तिकारी र कुसल संगठन कर्ता खुम बहादुर खड्काको पार्थिव शरिर आज साँझ भारतको दिल्लीबाट काठमाण्डौमा अवतरण गराई वाहाँको पार्थिव शरिरको अन्तिम श्रध्दाञ्जलीका लागि वाहाको निवास सानेपामा राख्ने र भोलि विहान अर्थात चैत्र १८ गते विहान ८ बजे देखि करिव २ बजे सम्म नेपाली कांग्रेस केन्द्रिय कार्यलाय सानेपामा वाहाँको पार्थिव शरिरको अन्तिम श्रध्दाञ्जलीका लागि राखिने छ। त्यस पछी वाहाँको अन्तिम विदाईकालागि पशुपति परिसरमा लगिने कार्यक्रम रहेको काँग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीले भन्नुभयो।
काँग्रेस केन्द्रिय सदस्य शंकर भण्डारी भन्नुहुन्छ राष्ट्रबादी, प्रजातन्त्रबादी, क्रान्तिकारी र कुसल संगठन कर्ता खुम बहादुर खड्काको देहावसानले वर्तमान नेपालको राजनीतिका साथै नेपाली काँग्रेसले शहासी र भरपर्दो नेता मात्र नभएर विचार प्रबाहको मुल आधार पनि गुमाएको छ|
युगद्रष्टा वीपी कोइरालाका साथ २०३३ सालमा प्रवासबाट फर्किए पछिको राष्ट्रबादीहरुको राजनीतिको दियो यिनले नै बालिरहेका थिए| त्यो आज बाट निभेको छ | यिनी साच्चिकै बहादुर थिए त्यसैले धेरै मोर्चाबाट धोका पाए तर कार्यकर्ता र जनता बाट सदैब सम्मान पाए |खुम बहादुर दाई, वीपीले भने झै यो देशको भबिस्य छ भने त्यो विचार मर्दैन!!
Facebook Comments