
संघिय समाजबादी फोरम नेपालले केपी ओलीको सरकारमा जाने तयारि गरेको छ । संघिय फोरमले यो तयारि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पछिको लागि गरेको हो । संबिधान संशोधन बारे सरकारसंग भएको सहमति मस्यौदा तयार भैसकेको र मन्त्रालयको संख्या समेत टुंगो लागेकाले प्रधानमन्त्री भारत भरमण्बाट फ़र्किएपछि हस्ताक्षर गर्ने तयारि भएको छ।
फोरम सरकारमा जाने अवस्थामा अहिले भएका मन्त्रीलाई साटफेर गरेर भए पनि सहमति गर्न सकिने सन्देश प्रधानमन्त्री केपी ओलीले यादवलाई पठाइसकेका छन् । अध्यक्ष यादवका लागि एउटा विकासे मन्त्रालय मिलाउने ओलीले वचन दिएका छन् ।
फोरमका एक नेताका अनुसार सहरी विकास मन्त्रालयमा खानेपानी मन्त्रालयलाई गाभेर फोरमलाई दिने तयारी भएको छ । खानेपानीमन्त्री विना मगरलाई अन्य मन्त्रालयमा सार्न सकिने जानकारी फोरमलाई गराइएको छ ।
त्यसैगरी, स्वास्थ्य मन्त्रालय पनि फोरमले पाउनेछ । स्वास्थ्य मन्त्रालयमा अहिले एमाले नेत्री पद्यमा अर्याल राज्यमन्त्री छिन् । फोरम नेता राईले सूचना तथा सञ्चार मन्त्रालय पनि फोरमको भागमा आउन सक्ने बताए ।
दुवै पक्ष को सहमति मा संबिधान संशोधन गर्ने गरि तयार भएको सहमति पत्र प्रधानमन्त्री केपी शर्मा ओलीको हात मा पुगिसकेको फोरम नेपाल का बरिष्ठ नेता अशोक राइ ले बताउनु भएको आजको नया पत्रिका मा समाचार प्रकाशित भएको छ
Facebook Comments