Loading...
केन्द्र सरकारलाई पूर्वाग्रही नहुन जितेन्द्र सोनलको चेतावनी, प्रदेशमा उठेको कर नपठाउने दाबी

१८ चैत, सप्तरी । प्रदेश २ का भौतिक योजना मन्त्री जितेन्द्र सोनलले केन्द्र सरकारलाई पूर्वाग्रही नहुन खबरदारी गरेका छन् । सोनलले प्रदेशमा उठेको कर केन्द्रमा नपठाउने उनको चेतावनी छ ।

केन्द्रसँग ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार छ तर, प्रदेश २ मा मधेसी दलहरु मिलेर सरकार बनाएका छन् । राजपा नेता समेत रहेका भौतिक योजना मन्त्री जितेन्द्र सोनलले सार्वजनिक रुपमै केन्द्र सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

मधेसी पत्रकार समाजको प्रादेशिक भेलालाई शनिबार जनकपुरमा उद्घाटन गर्दै मन्त्री सोनलले केन्द्रीय सरकारले प्रदेशसँग बेइमानी गरेमा एउटा कर केन्द्रमा जान नदिने बताए थिए । ‘हामीलाई हेप्न खोजे कुनै कर दिन्नौं’ उनले भने, ‘हामी प्रदेश प्रहरी स्थापना गरी प्रहरीलाई नै कर संकलन गर्न खटाउँछौं ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *