Loading...
एपेन्डीसाइडको अप्रेशन गरेकी युवतीलाई जबर्जस्ती यौन सम्पर्क गर्न दबाब दिएपछि भयो बबाल !

सरोज खिलाडी

काठमाडौं– विगत केहि समययता नेपालमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसा, दुव्र्यवहार तथा व्यवसायिक यौन शोषणका घटनाहरु बढ्दै गएको पाईन्छ । नेपालमा गएको विनाशकारी भुकम्प पछि गाँउबाट घरवारविहिन भएका बालबालिका तथा किशोरीहरु कामको खोजिमा शहर पस्ने क्रम बढेको देखिन्छ । आर्थिक अवस्था कमजोर भएका, अशिक्षित ति बालबालिका तथा किशोरीहरु कामको खोजिमा राजधानि पस्छन् तर कहि कतै काम नपाएपछि राजधानिमा संचालित डान्सवार, मसाजपार्लर, खाजाघर तथा डान्सवारमा काम गर्न बाध्य हुन्छन् ।

कामको खोजिमा शहर पसेका ति बालबालिका तथा किशोरीहरुलाई विभिन्न अनैतिक गतिविधिको लागि उस्काउने तथा जवरजस्ति त्यस्ता काममा संलग्न गराउने काम सोहि व्यवसायमा संलग्न व्यवसायीबाटै हुने गर्छ ।  मित्रनगरस्थित नयाँ बसपार्कमा राजु थापा नामका व्यक्तिलाई ‘साकिरा’ नामको डान्सबारमा यौनव्यवसाय संचालन गरेको भन्दै प्रहरीले पक्राउ गरेको घटनाले पनि राजधानिभित्र रहेका डान्सवारहरुमा काम गर्ने किशोरी तथा महिलाहरु कत्तिको सुरक्षित छन् भन्ने अनुमान गर्न सकिन्छ ।

डिएसपी योगेन्द्र थापाले राजु थापालाई प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गर्दा राजु र उनकी पत्नि मिलेर काठमाडौं–२६ स्थित नयाँ बसपार्कमा रहेको साकिरा डान्सबार नजिकै फ्ल्याटमा यौनधन्दा चलाउँदै आएको खुलेको छ । ‘राजु र किदीपालाई मानव वेचविखन तथा ओसारपसार मुद्धामा म्याद लिएर अनुसन्धान गरिरहेको डिएसपी थापाले बताउनु भएको छ । उनीहरुले मासिक ५० हजार तलव दिएर युवतीहरुलाई जबरजस्ती यौनधन्दामा लगाउने गरेको खुल्न आएको छ ।
राजुको फ्ल्याटमा बसेर मासिक ५० हजार तलब खाने मध्येकी एक युवती भर्खरै एपेन्डीसाइडको अप्रेशन गरेकी थिइन् । एपेन्डीसाइडको अप्रेशन गरेको ती युवतीलाई राजुले जबर्जस्ती कुनै पनि हालतमा एक जना पुरुषसंग यौन सम्पर्क गर्न दबाब दिएपछि यो घटना बाहिर आएको प्रहरीको भनाई छ । यसरी बालिका,किशोरी तथा महिलाहरुमाथि विभिन्न प्रकारका यौनहिंसा तथा दुव्र्यवहारका घटनासंगै हिजोआज आफ्नै देशभित्र महिलाहरु वेचविखन गर्ने समुहहरु मौलाउदै गएको पाईन्छ ।

केहिवर्ष पहिला सम्म भारतको कोठिमा नेपाली महिलालाई लगेर वेचेको घटनाहरु हामिले सुन्ने र पढ्ने गरेको थियौ भने हिजोआज विभिन्न व्यवसाय संचालनको बाहानामा खोलिएका रेष्टुरेन्ट, डान्सवार,मसाज, खाजाघर, दोहोरी लगायतका स्थलहरुमा महिलाहरुमाथि हुने आन्तरीक वेचविखनका घटनाहरु भईरहदा सरकार मुकदर्शक बनेर बसेको देखिन्छ ।

व्यवसायिक यौन दुव्र्यवहार तथा आन्तरीक वेचविखनको घटनाहरुको नियन्त्रणको लागि सर्वोच्च अदालतले २०६५ सालमा जारी गरेको निर्देशिका व्यवहारमा कार्यान्वयन हुन नसक्नु र यसलाई मानववेचवखन नियन्त्रण ऐन अन्र्तगत कारवाहि गर्ने स्पष्ट व्यवस्था नभएको कारणले पनि यो समस्या दिनप्रतिदिन बढ्दै गएको पाईन्छ । मनोरन्जन क्षेत्रको नाममा परिचित यस्ता व्यवसायलाई नियमन तथा नियन्त्रणको लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन तथा कारवाहि समिति समेत बनेको थियो । सो समितिले मनोरन्जनको क्षेत्रमा संलग्न व्यवासायीले व्यवासाय दर्ताको क्रममा अपनाउनुपर्ने कानुनी प्रक्रिया तथा व्यवसायीको काम कर्तव्य र अधिकारको वारेमा उनिहरुलाई पटकपटक जानकार गराई नियम विपरीत संचालन गर्ने व्यवसायीको लाईसेन्स सम्म खारेज गर्न सक्ने भनिएपनि त्यो प्रभावकारी रुपमा लागु हुन नसक्दा अहिले महिलामाथि हुने आन्तरीक बेचविखनको घटनाहरु दिनप्रतिदिन बढ्दै गईरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *