Loading...
काठमाडौँमै कांग्रेस-एमाले, माओबादि-राप्रपा परित्याग गरी ५० भन्दा बढि संघिय फोरममा प्रवेश

काठमाडौं- नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपा परित्याग गरी करिब ५० जना नेता तथा कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
पाँचथर काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरु संघीय समाजवादी फोरममा प्रवेश गरेका हुन् ।

राप्रपाका जोतेन्द्र लावती र रणबहादुर लावतीको नेतृत्वमा २३ जना संघीय फोरममा प्रवेश गरेका छन् । एमालेका धनरानी योङहाङको नेतृत्वमा ७ जना, माओवादी केन्द्रको भिमप्रसाद घिमिरेको नेतृत्वमा ७ जना प्रवेश गरेका छन् ।घिमिरे जनमुक्ति सेनाका प्लाटुन कमाण्डर

थिए । यसैगरी नेपाली कांग्रेसबाट पदम लावतीको नेतृत्वमा ११ जना संघीय फोरममा प्रवेश गरेका छन् ।उनीहरुलाई पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री रकम चेम्जोङले स्वागत गरेका छन् । डिलेन्द्र देवानको अध्यक्

षतामा भएको कार्यक्रममा लिम्बुवान प्रदेश समितिका अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय सदस्य प्रेम लावती लगायत नेताहरुको उपस्थिति थियो ।
पार्टी प्रवेश कार्यक्रममा प्रवेश गर्नेहरु केन्द्रीय सदस्य प्रेम लावतीको पहलबाट आएका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *