
काठमाडौँ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले राष्ट्रिय जनता पार्टी नेपाल “राजापा” भाडामा रहेको मञ्चको कार्यालय खाली गराउन माग गरेका छन् । मञ्चको बसेको पूर्ण बैठकमा सो माग उठेको हो । बबरमहल स्थित रहेको मञ्चको कार्यालय भवनमा राजपा नेपाल भाडामा बसेको छ ।
मञ्चका पदाधिकारीहरुले पूर्वअध्यक्ष सिंहलाई राजपा नेपालका नेताहरुले जागिरबाट राजीनामा दिन लगाएर प्रदेशको समानुपातिक सदस्य नबनाएको गुनासो गरेको थियो ।
‘समानुपातिक सांसद बनाउँछु भनेर जागिरमा रहेका विनोद सिंहलाई राजीनामा दिन लगाएर सबासाद नबनाएको भन्दै मंच का पदाधिकारी तथा केन्द्रिय सदस्य हरुले आपति जनाएका थिए ।
सिंहलाई समानुपातिक सदस्य नबनाएपछि मञ्चका पदाधिकारी तथा सदस्यहरुले राजपा नेपालको पार्टी कार्यालयमा तोडफोडसमेत गरेका थिए ।
Facebook Comments