Loading...
यस कारण आज प्रधानमन्त्री केपी ओलीले गर्दैछन् संघीय संसदमा सम्बोधन !

काठमाडौं – चैत २३ गते देखि भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउने भएका हुन् । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन् ।

सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्नेबारे राष्ट्रपतिको पत्र सरकारमार्फत संसदमा आउनुपर्ने बताउनु भएको छ । उनले भनेका छन् , ‘संघीय संसद्को अधिवेशन अन्त्य गर्नेबारे राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त हुनुपर्छ ।

सो पत्र सरकारले संसद्मा ल्याएपछि मात्रै संसद्को अधिवेशन अन्त्य हुन्छ ।’ राष्ट्रपतिको पत्र प्राप्त भएकै दिन संसद्को अधिवेशन अन्त्य हुन सक्ने सचिवालयले जनाएको छ ।

कति बस्यो संघीय संसद्को बैठक ?

२० फागुनमा सांसदले शपथ लिएको भोलिपल्ट अर्थात् २१ गते संघीय संसद्को पहिलो बैठक बस्यो । त्यसयता, प्रतिनिधिसभाको बैठक १० पटक र राष्ट्रिय सभाको बैठक नौ पटक बस्यो । आजै संसद्को पहिलो अधिवेशन अन्त्य भए प्रतिनिधिसभाका ११ र राष्ट्रिय सभाका १० बैठक हुनेछन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *