Loading...
अबैध हतियार र ३ राउन्ड गोली सहित रौतहटमा एक जना पक्राउ

नरेन्द्र साह,रौतहट , चैत १९ स्थानीय गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया टोलका ५० बर्षिय जोगेन्द्र सहनीलाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी नायव निरीक्षक रुद्र कँडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले यमुनामाई गाउँपालिका–५ झुन्खुनवा चोकबाट एक थान नलकटुवा बन्दुक र सोमा लाग्ने तिन राउण्ड गोलीसहित उनलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता रामकुमार दानीले जानकारी दिए। आइतवार राति ९ बजे माछा व्यवसाय गर्दै आएका सहनीले झसन्खुन्वा स्थित एक होटेलवाट खाजा खाएर घर फर्कदै गर्दा चढेको बीआर ०५ ई २६०१ नम्बरको मोटरसाईकल प्रहरी टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा मोटरसाइकलको सिटमा लुकाएर राखेको नलकटुवा बन्दुक र गोली बरामद गरी सहनीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरी प्रवक्ता दानीले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *