Loading...
खोकनाबासीको पिडा पोख्दै श्रेष्ठले गरे संसदमै सरकारको भर्त्सना, भने-“पंचायती शासन बन्द गर”

सरोज खिलाडी

सडक बिस्तारको नाममा खोकना बासीको घर आँगनमा सरकारले डोजर लगाउन थालेपछि आन्दोलित खोकना बासीको पिडा सांसद राजेन्द्र श्रेष्ठले आज संसदमा राखेर सबैको ध्यानाकर्षण गराउनु भएको छ ।

केहिदिन पहिला मात्र माइती घर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका खोकना बासीमाथि फोहर पानि, अश्रु ग्यास तथा लाठि चार्ज गरिएको थियो । संघिय समाजबादी फोरम नेपालका सह अध्यक्ष समेत रहनु भएका सांसद श्रेष्ठले जनता माथि गरिएको गलत ब्यबहारलाइ पंचायती ब्यबस्थाको संज्ञा दिदै संसद मै सरकारको भर्त्सना समेत गर्नु भएको छ ।

उहाले ७ महिना पहिला सर्बोच्च अदालतले मुआब्जा र क्षति पूर्ति दिएर सडक बिस्तार गरियोस भन्ने पूर्ण पाठ समेत लुकाएर राति राति लुकेर जनताको सम्पति माथि हमला गर्ने क्रियाकलाप समेत बन्द गराउनु पर्ने बताउनु भएको थियो ।
(भिडियो हेर्नुहोस)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *