Loading...
मोस्ट वान्टेडको सुचीमा नेत्र विक्रम चन्द विप्लव, भेट्ने वित्तिकै हामी पक्राउ कडा निर्देशन

काठमाडौं – प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न प्रहरीले खोजी कार्य तीव्र पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली लगायत शीर्ष नेतालाई जनअदालतमा उपस्थित हुन उर्दी गरेलगत्तै प्रहरीले उनको खोजी तीव्र पारेको छ ।

एक महिना पहिले जिल्ला अदालत भोजपुरले विप्लवविरुद्ध ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा म्यादपुर्जि जारी गरेपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विप्लवलाई पक्राउ गर्न मातहतका निकायलाई आदेश दिएको थियो ।

तर पछिल्लो समय विप्लवले आफ्ना गतिविधिलाई तीव्रता दिन थालेपछि प्रहरीले देशभर नै उनको खोजी तीव्र बनाएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

एक उच्च प्रहरी अधिकारीले भने, ‘प्रहरीले सबैतिर खोजिरहेको छ, भेट्ने वित्तिकै हामी पक्राउ गर्छौं ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *