Loading...
जनता भोकै पेट बस्न बाध्य, मुख्यमन्त्री पत्नीलाई घरमै बसी-बसी तलब

कालिकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी-बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ ।
पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालयमा जान छोडे पनि तलब खाइरहेको खुलेको हो ।

मुख्यमन्त्री शाही, प्रधानाध्यापक अनिपाल शाही र जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीसँग छलफल गरी चन्दाले चालू आर्थिक वर्षको फागुनमा निकासा भएको दोस्रो चौमासिकसम्मको तलब बुझिसकेकी छिन् । तत्कालीन माओवादी विद्रोही शान्ति प्रक्रियामा आएपछि श्रीमानसँगै ब्यारेकमा बसेकी चन्दाकुमारी तलब लिने समयमा हाजिर गर्न आउने गरेको स्रोतले जानकारी दिएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *