Loading...
रौतहटका स्वतंत्र निर्वाचित सांसद फुलबाबुसहित सयौ नेता कार्यकर्ता फोरममा प्रवेश गर्दै

संघिय समाजबादी फोरम नेपालमा एक जना प्रतिनिधि सभा सांसद थपिने भएको छ । रौतहट क्षेत्र न.४ (ख) को निर्वाचित स्वतंत्र सांसद अबुल कलाम आजाद फुलबाबु संघीय समाजबादी फोरम नेपालमा आउने निश्चित भएको छ । उनि सहित रौतहट मा थुप्रै नेता तथा कार्यकर्ता फोरम नेपालमा प्रबेस गर्दैछन् ।

उनलाई फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा चैत्र २४ गते पार्टीमा भित्रियाउने कार्यक्रम रहेको छ । स्वतंत्र सांसद अबुल कलाम आजाद फुलबाबु फोरम नेपालमा आएपछि फोरम नेपाल राष्ट्रको चौथो ठूलो पार्टी हुने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *