
सनातन धर्मको गाैरवमय इतिहास मेट्ने उद्देश्यले बाम नेतृत्वको सरकारले धार्मिक, सांस्कृतिक पर्वहरुमा दिदै अाएका विदाहरु कटौती गरी गलत निर्णय गरेको विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले ठहर गरेको छ ।
राष्ट्रिय एकता दिवस र अाेमकार परिवारका अति महत्वपूर्ण धार्मिक, सांस्कृतिक पर्वहरुका विदा कटौती गर्ने सरकारको निर्णयले सम्पूर्ण अाेमकार परिवारकाे अास्था र भावनामा गम्भीर चेाट पुगेको महासंघका अध्यक्ष भरतकेशर सिंहदवारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
हिन्दु धर्मकाे महत्त्वलाई धमिल्याउने, नेपालीबीचको सामाजिक सद्घाव र धार्मिक सहिष्णुतामा अाँच पुग्नेगरि गरिएको यस्तो पुर्वाग्रही निर्णयले नेपाली बिच अापसि बैमनस्यता हुने, जातिय तथा धार्मिक कलह हुन सक्ने खतरा बढ्ने संकेत देखिएकाे हुंदा यस्तो निर्णय सरकारलाइ तत्काल सच्याउन महासंघले जोरदार माग गरेको छ ।
महासंघको टोलीले हालै प्रधानमन्त्री केपी शर्मा होलीलाई पनि भेटेर विदा कटौति फिर्ता लिन आग्रह गरेको थियो ।
Facebook Comments