Loading...
राजपा नेपालका अध्यक्ष मण्डलको बैठक सम्पन्न, यस्तो छ महत्वपूर्ण निर्णयहरु

राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा पार्टी अध्यक्ष मण्डलको बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सम्पन्न भएको छ ।

बैठकवाट राजपा नेपाल संसदीय दलको बैठक २०७४ चैत्र २२ गते विहिवारका दिन पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने र सो वैठकमा दलको विधान, नियमावली, लेवीको विषयमा छलफल गर्ने निर्णय बैठक ले गरेको छ । त्यसै गरी प्रदेशसभा संसदीय दलको बैठक गरी प्रदेशसभा संसदीय दलको विधान, नियमावली र लेवीको विषयमा प्रदेशसभा संसदीय दलको बैठक वोलाई आवश्यक निर्णय लिन निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ ।

त्यसैगरी पार्टी राजनीतिक समितिको वैठक २०७५ बैशाख ८ गते दिनको ११ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्ने निर्णय गरिएको छ भने पार्टीको विधान नियमावली, निर्देशिका लगायत पार्टी महाधिवेशन सम्पन्न गर्न आवश्यक कागजातहरु तैयार गरी २०७५ बैशाख ६ गते भित्र अध्यक्ष मण्डलमा पेश गर्ने समेत निर्णय भएको छ ।

पार्टी माथी पार्टीकै जिम्मेवार पदाधिकारी, सदस्य र कार्यकर्ताहरुवाट लगाइएका मुद्दा १५ दिन भित्र फिर्ता लिन सम्बद्ध बैठकले सबैलाई आग्रह गरेको छ ।

राजपा नेपालको एकता दिवशलाई स्थापना दिवश मानी दोस्रो पार्टी स्थापना दिवश २०७५ बैशाख ७ गते काठमाण्डौ र पार्टी संगठन भएका सबै जिल्लाहरुमा भव्यतापूर्वक मनाउने निर्णय गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

पार्टी संगठन, पार्टी महाधिवेशन, पार्टी एकता अर्थात पार्टी स्थापना दिवश लगायत पार्टी कार्यलाई द्रुतता प्रदान गर्न पार्टी संगठन भएका सबै जिल्लाहरुमा जिल्ला अध्यक्ष मण्डल एवं पार्टी वार्ड, गापा÷नपा, जिल्ला, केन्द्रीय स्तर र प्रदेशसभा सहित उक्त उल्लेखित सबै स्तरका उम्मेदवारहरुको बैठक आयोजित गर्न निर्देशन दिने निर्णय गरियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *