Loading...
भारत भ्रमण असफल हुने संकेत पाएपछि प्रम ओलीले हटाए काँग्रेस साँसदको नाम

काठमाडौं । नेपालका एकमात्रै खर्बपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीको नाम कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको सूचीबाट कटौती भएको छ ।

प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्दै छन् । तीन दिने राजकीय भारत भ्रमणमा भारतले ओलीको विशेष सम्मान गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।

चौधरी नेपाली कांग्रेसको सांसद भएकै कारण सूचीबाट हटाएको जनाइएको छ । यसअघि एमालेबाट सांसद बनेका चौधरीले कम्युनिष्ट पार्टीहरूप्रतिको वितृष्णाका कारण कांग्रेसमा झुकाव राखेका थिए ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पत्र पठाएर चौधरीलाई कांग्रेसको समानुपातिक सूचीमा राखेर सांसद बनाएका थिए ।

प्रधानमन्त्री ओलीको टोली कम्तिमा पनि ५० जनासम्म हुनेछन् । प्रधानमन्त्रीबाहेक ३ मन्त्री, ९ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, सचिव, सञ्चारमाध्यमका प्रतिनिधि, प्रधानमन्त्रीका सुरक्षाकर्मी, उद्योगी व्यवसायीहरूलगायत झण्डै ५० जनासम्म हुने उच्च स्रोतको भनाइ छ ।

टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार पनि हुनेछन् । यसअघि प्रधानमन्त्रीको भ्रमण टोलीमा बढीमा २५ जना हुने भनिएको थियो ।

भारत भ्रमणमा आफू पनि सहभागी हुने भन्दै उद्योगी एवम् सांसद चौधरीले प्रधानमन्त्री ओलीसँग आग्रह गरेको स्रोतको दाबी छ । यसपटक प्रधानमन्त्री ओलीले चौधरीलाई भ्रमण टोलीमा सहभागी नगराउने तयारी गरेको स्रोतले जनाएको छ ।

उनले उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघबाट प्रतिनिधिहरू समेट्ने तयारी गरेका छन् । ओलीले उद्योगी चौधरीलाई सहभागी गराउँदा भ्रमण नै असफल हुनेसक्ने आशंका गरेको स्रोतले उल्लेख गरेको छ । -नेपाल पाना

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *