Loading...
जनजातीमाथि लाग्यो यस्तो संगीन आरोप, धर्म संस्कृति मेटाउने इशाई मिसिनरीको शिकार

संसारको धर्म संस्कृति मेटाउन गठन गरिएको इशाई मिसिनरीको शिकार नेपालमा आदिबासी जनजाती भएको छ, यी मिसिनरीबाट अहिले आदिबासी जनजातिको धर्म संस्कृति परम्परा रितिरिवाज तिब्रगतिमा सङ्कटमा पर्दै गईरहेको छ । आफुलाई आदिबासी जनजातिको अगुवा हुँ भन्ने केहि बिकाउ र आफुलाई मानव शास्त्री, समाज शास्त्री डाक्टर हुँ भन्ने केहि बिकाउले गर्दा समग्र जनजाति सभ्यतामा खतरा उत्पन्न भएको छ ।

मिसिनरीले यी समाजको अगुवा हुँ भन्नेहरुलाई प्रयोग गरेर आफ्नो धन्दा अगाडी बढाएका छन । ठाउँ परिवेश परिस्थिति र समाज हेरी मिसिनरीले समाज भड्काउने नयाँ सुत्र प्रतिपादन गर्दछन । त्यहि सुत्र अनुसार यी बिकाउ अगुवा भनाउदाहरुले समाजमा भ्रमको खेति गर्ने, भ्रामक लेख निकाल्ने गर्दछन । बिश्वबिद्यालयको प्राध्यापक डाक्टरहरु हेर्ने हो भने अहिले जनजाति समुदायकाहरु बढी बिकाउ देखिएका छन ।

हिन्दु धर्म जनजातिको होइन भनेर हजार पटक लेख लेख्ने तिमी विश्वबिद्यालयको झोले प्राध्यापक डाक्टरको कलमले जनजातीको धर्म संस्कृति क्रिश्चियन होइन भन्ने लेख किन लेख्न जान्दैन ? युगौं देखि मिलेर बसेको समाजको बिरुद्ध बिषबमन गरेर चल्ने तिमी झोले प्राध्यापक डाक्टरको कलम जनजातिको बास्तबिक धर्म, संस्कृति, परम्परा, चाडबाड रक्षाको लागि र मिसिनरीबाट भएका अनेक जाळसाँजीका बिरुद्ध किन चल्दैन ? यस कारण तिमी झोलेहरु आमाको दुध चुसेर होइन बाउको घुँडा चुसेर हुर्केका लाज पचेका नामर्द हौ ।

जनजाति नामका नाङ्गले पसल थापेर इशाई मिसिनरीको संगठनबाट आएको खर्चबर्चले ज्यान पालेका अगुवा भनाउदाहरुलाई त दया गर्नु सिबाय अरु के नै छ र ? जनजाति महासंघ भन्नेले हत्त न पत्त युरोपियन युनियनको चाकडी बजाएर नाङ्गले पसलको खर्चको लागि रुवाबासी गरेको अवस्थाले नै यिनको बास्तबिक हैसियत देखियो । त्यही नाङ्गले पसलको मालिक राज कुमार लेखि हुँदा उनले “तिम्रा खर्चको लोभमा आफ्नो देश र जनताको अहित गरिदैन, तिम्रा खर्च चाहिएन” भन्दै साम्राज्यबादीलाई फर्काइदिएका थिए

दुर्गेस घलेको फेसबुक वालबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *