
उन्नति माइक्रोफाइनान्स (UMB ) ले यसअघि घोषणा गरेको २५ हकप्रद निष्काशन प्रस्तावमा परिमार्जन गरेकाे छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले चुक्त्ता पूँजीकाे २५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेकोमा चैत्र २१ गतेको सम्पन्न तेस्राे बार्षिक साधारण सभाले परिर्वतन गरी २० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेकाे हाे ।
कम्पनीले चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँकाे चार बराबर एक अनुपातमा एक लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गर्ने निणर्य गरेकाेमा अब भने ५ करोड ५० लाख रुपैयाँकाे पाँच बराबर एक अर्थात २० १ लाख १० हजार कित्ता हकप्रद निष्काशन हुनेछ । २० प्रतिशत हकप्रदपश्चात कम्पनीको चुक्ता पूँजी ६ करोड ६० लाख पुग्नेछ ।
merolagani.com
Facebook Comments