Loading...
पूर्वराजा ज्ञानेन्द्रको ठूलो षडयन्त्रको पर्दाफास, यसरी चल्दै थियो गणतन्त्र सिध्याउने खेल

काठमाडौँ। तीन राप्रपाको पार्टी एकीकरणको पक्रिया चलिरहेका बेला एउटा गभ्भीर तथ्य फेला परेको छ । पार्टीको मुख्य एजेन्डा नै राजतन्त्र राखेका राप्रपाले अब भने राजतन्त्र छाड्ने सहमति गरेका छन् । तर उक्त तथ्य सार्वजनिक भने भएको छैन । पूर्वराजा ज्ञानेन्द्रले पार्टी एकीकरण गर्नको लागि अवरोध गरेको भन्दै तीनै राप्रपाका अध्यक्षहरु पशुपति शमशेर, प्रकाशचन्द्र लोहनी र कमल थापा असन्तुष्ट बनेका छन् । केही दिनदेखि पार्टी एकताको प्रयास भइरहेका बेला पूर्वराजाले बीचमा भाँजो हाल्ने काम गरेको आरोप उनीहरुले लगाएका छन् । पार्टी एकताका लागि बसेको बुधबारको छलफलमा शीर्ष नेताले अब राप्रपाको विधानबाट राजतन्त्र हटाउने सहमति गरिसकेको स्रोतले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र राप्रपालाई सिध्याउने मात्रै होइन गणतन्त्र विरुद्ध समेत षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । साथै उनका गतिविधिमा सरकारले चनाखो बनेर निगरानी गर्नुपर्ने कुरा पनि तीन नेताको छलफलमा उठेको थियो । हिन्दुराष्ट्रको पक्षमा ठूलो जनमत रहेपनि राजतन्त्रको समर्थनमा अत्यन्तै पातलो जनमत भएकोले केही समय पहिलेदेखि नै राजतन्त्रको विषयमा राप्रपा विचाराधीन थियो । यसभन्दा पहिले राजतन्त्रलाई प्रमुख एजेन्डा बनाएकै कारण राप्रपाको जनमत कमजोर देखिएको उनीहरुको ठहर छ । तीन नेताको सहमति राजतन्त्रको एजेन्डा छाड्ने विषयमा भएपनि तत्काल यो विषयलाई प्रचार गर्न नहुने पनि उनीहरुले सहमति गरेका छन् । यो निर्णयलाई तत्काल सार्वजनिक गर्दा माहोल बिग्रने उनीहरुको ठम्याइ छ ।

पूर्वराजा ज्ञानेन्द्रले एकता रोक्न चलखेल गरेपछि तीनै दलले राजसंस्थाको अडान नै त्यागेका हुन् । राप्रपाले ज्ञानेन्द्रलाई काउन्टर दिँदै राजा वीरेन्द्रकी नातिनीलाई मात्रै सम्मान दिन सकिने प्रस्तावसमेत गरेको छ । बिगत दुई महिनादेखि राणा, थापा र लोहनी पार्टी एकताको आन्तरिक गृहकार्यमा रहेका छन । तीनै नेताले केही सिमित नेताबाहेक अरुलाई जानकारी दिएका छैनन । ‘पार्टीभित्रै पनि पूर्वराजा ज्ञानेन्द्रको सिआइडी हुनसक्छन भन्ने बुझेरै नेताहरुले अति गोप्य रुपमा एकता मस्योदालाई लगभग अन्तिम रुप दिन लागेका छन, राजतन्त्रको मुद्दा सकिएकोले अव कुनै समस्या छैन,’ मस्यौदाकारमध्येका एक नेताले भने ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *