Loading...
मस्यौदा समितिका संयोजक परशुराम गुरुङ नै भन्छन “संविधानमा कतिपय प्रावधान अस्पष्ट”

काठमाडौं – संविधानमा कतिपय प्रावधान अस्पष्ट भएको भन्दै संघीय संसदको नियमावली मस्यौदा समिति अलमलमा परेको छ ।

फागुन २२ गते प्रतिनिधिसभाले १३ र राष्ट्रियसभाले ९ सदस्यीय मस्यौदा नियमावली समिति बनाएको थियो ।

दुवै सभाले नियमावली टुंगो लगाइसकेको बताएका थिए । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, केही विषयमा संविधानमा लेखिएका प्रावधान अस्पष्ट भएको भन्दै समितिले नियमावली टुंगो लगाउन सकेका छेनन् ।

राष्ट्रिसभा नियमावली मस्यौदा समितिका संयोजक परशुराम मेघी गुरुङले भने,  -हामीले संविधानमा भएका व्यवस्थालाई मान्नुपर्छ ।

-तर, त्यहीँ नै प्रष्ट नभएपछि के गर्ने अन्योल छ । -यसबारे अब अन्य विज्ञसँग पनि छलफल गर्ने पक्षमा छौँ ।  -प्रतिनिधिसभाको नियमावलीमा छुटेका बुँदालाई पनि हामी समेट्छौँ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *