
काठमाडौं – राष्ट्रिय जनता पार्टीको संसदीय दलको नेतामा निर्वाचन हुने भएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अर्का अध्यक्ष राजेन्द्र महतोले दलको नेता नछाड्ने अडान लिएका कारण निर्वाचनको सम्भावना बढ्दै गएको छ ।
आगामी १० वैशाखभित्रमा राजपाले संसदीय दलको नेता छान्दैछ । आजको नागरिक दैनिक पत्रिकामा समाचार छ । अध्यक्ष मण्डलका ३ जना ठाकुरको पक्षमा देखिएका छन् । भने महतोको पक्षमा शरदसिंह भण्डारीमात्रै देखिएका छन् ।
ठाकुरको पक्षमा महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव देखिएका छन् । राजपाको अध्यक्षमण्डलमा ६ जना छन् ।
Facebook Comments