Loading...
ओलीको बोलि फेरियो, भन्छन्-“चीनतर्फ ढल्किएको छैन, भारतसँग हाम्रो बहुमुखी सम्बन्ध छ”

भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चीनतर्फ नढल्किएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालले स्वतन्त्र परराष्ट्र नीति अँगालेको जनाउँदै भारत र चीनसँगको नेपाल सम्बन्धलाई एकअर्कासँग तुलना गर्न नहुने बताएका छन् । ‘हामीले स्वतन्त्र परराष्ट्र नीति अँगालेका छौं । अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा सन्तुलित नीति अपनाएका छौं । चीन हाम्रो नजिकको छिमेकी हो । मैले भन्दै आएको छु- भारतसँग हाम्रो बहुमुखी सम्बन्ध छ ।

म एउटासँगको सम्बन्धलाई कुनै पनि रुपमा अर्कोसँग गरिने तुलनाको विरुद्धमा छु,’ ओलीले भनेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *