Loading...
६ वटा अध्यक्ष रहेको राजपा नेपाल किन भए नेताविहीन, यस्तो छ कारण

आन्तरिक विवादका कारण संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी -राजपा) नेपालले संसदीय दलको नेत ाचयन गर्न सकेको छैन । संसदमा रहेका पाँचमध्ये चार राष्ट्रिय पार्टीले दलको नेता छानिसकेका भए पनि राजपा भने नेताविहीन छ ।

राजधानी दैनिकका अनुसार, अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्य राजेन्द्र महतो र महेन्द्रराय यादव संसदीय दलको नेताका आकांक्षी हुन् । तीनमध्ये कसलाई बनाउने भन्ने विवाद मिल्न नसकेपछि राजपा संसदको पहिलो अधिवेशन अन्त्य हुँदासमेत नेतृत्वविहीन छ ।

समाचार अनुसार ठाकुर, महतो र यादव सर्वसम्म संसदीय दलको नेता बन्न खोजेका छन् । निर्वाचन सकिएको पाँच महिना बितिसक्दा समेत विवादकै कारण राजपा नेपालले संसदीय दलको नेता छान्न नसकेको हो । पटक पटक यसैका लागि बैठक बसेको भए पनि सर्वसम्मत नेता छान्ने प्रयासले सार्थकता पाउन सकेको छैन ।

onlinekhabar

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *