Loading...
बिज्ञप्तिमै ५१ हजार कार्यकर्ताको दाबीगरी सिंगै ‘पार्टी’लाई अशोकले भित्र्याए (बिज्ञप्ति सहित)

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले समृद्धि मुखले भनेर मात्रै सम्भव नरहेको जिकिर गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघलाई पार्टी प्रवेश गराउनको लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता राईले यस्तो जिकिर गरेका हुन् ।

उनले भने,‘पछिल्लो समयमा सरकार र प्रतिपक्षले समृद्धि र विकासका बारेमा ठूलाठूला कुरा गरेको सुनिन्छ, समृद्धि मुखले भनेर सम्भव हुँदैन, समृद्धि प्राप्त गर्न काम गर्नुपर्छ, विकास गर्नको लागि सरकार लगनशिल र गतिशिल जनताकोबीचमा हुनुपर्छ, संविधानको सफल कार्यान्वयन गर्नको लागि सरकार नै लागि परेको देखिदैन ।’

राप्रपा ‘राष्ट्रवादी’को भातृ संगठनका रुपमा रहेको ‘राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ ‘स्वतन्त्र’लाई आफ्नो पार्टीमा प्रवेश गराउँदै राईले संघीय समाजवादी फोरम नेपालको विस्तार भएको बताए भने बिज्ञप्ति मा समेत उल्लेख गरेका छन् ।

राप्रपा ‘राष्ट्रवादी’को भातृ संगठनका रुपमा रहेको ‘राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ ‘स्वतन्त्रका महासचिब अर्जुन लम्सालले आफ्नो ट्रेड युनियन संग देशै भरि मा ५१००० कार्यकर्ता भएको समेत दाबी गरेका छन्

उनले अघि थपे,‘जीवन संघर्षपूर्ण छ, साथीहरु वर्गीय, जातीय, धार्मिक, लैङगीक, क्षेत्रीय विभेदहरुको अन्त्य गर्नको लागि हामीले राजनीति गरिरहेका छौँ, सबै प्रकारका विभेदको मुक्ति र पीडितहरुको एकता नै हाम्रो मुल लक्ष्य हो, निरन्तर श्रमिक वर्गको हितका निम्ति लड्नुपर्ने छ, श्रमीक वर्गका वर्गिय मागहरुको सम्बोधन गर्नको लागि हाम्रो पार्टी मैदानमा छ, आगामी मे १ तारेख अर्थात बैशाख १८ गतेका दिन भव्य कार्यक्रमकाबीचमा श्रमिक वर्गको एकतालाई प्रर्दशन गरिने कुरा पनि जानकारी गराउँदछु।’

त्यस्तै राप्रपा राष्ट्रवादीका सह–महामन्त्री समेत रहेका राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघका अध्यक्ष नवराज दाहालले आउने दिनहरुमा फोरम नेपालको असली कार्यकर्ता बनेर श्रमीक आन्दोलन र मुलुक हितको लागि समर्पित हुने विश्वास दिलाए ।
उनले भने,‘हामीले विगतका दिनमाजस्तै लोकतान्त्रिक पद्धतिबाट मुलुकको विकास र श्रमीक वर्गहरुको भलाईको लागि भोलिका दिनहरुमा पनि लड्नु पर्नेछ, हामी संघीय समाजवादी पार्टीको कार्यकर्ता बनेका छौँ, थप वर्गीय आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनको लागि हामी यस पार्टीमा समाहित बनेका छाैं ।’

कार्यक्रममा महासंघका अध्यक्ष नवराज दाहाल, महासचिव अर्जुन लम्साल लगायत केन्द्रिय समिति संघीय समाजवादी फोरम नेपालमा समाहित भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *