Loading...
नष्ट गर्न ठिक्क पारिएका नोट कर्मचारीको खल्तीमा, फौजदारी अभियोग किन लागेन ?

नष्ट गर्न ठिक्क पारिएका नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लाग्नुपर्नेमा राष्ट्र बैंकले आन्तरिक कारबाही मात्र गरेर छाडेको आजको नयाँ पत्रिकामा खबर छ ।

राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । तर गभर्नर डा. चिरञ्जीवी नेपालले भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेर छाडिदिएका छन् ।

गत साउनमा धुल्याउन टेबलमा मिलाएर राखिएकामध्ये हजारका नोटको बिटा प्रबन्धकले गन्दा ३ नोट कम भएका थिए । अपुग ३ हजार सम्बद्ध सहायक निर्देशक इन्द्रप्रसाद शर्मालाई तिराई नोट धुल्याइएको थियो । जबकि टेबलमा नोटको थुप्रो नै थियो । शंका लागे पनि अरु बिटा गन्दै नगनी घटना थामथुम पारिएको थियो नयाँ पत्रिकाले खबरमा लेखेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *