Loading...
ओली सरकारलाई घुँडा टेकाउने दाबी गर्दै यातायात व्यवसायीद्वारा कडा आन्दोलनको घोषणा

२६ चैत, काठमाडौं । सिन्डिकेट तोड्नको लागि सरकारले रुट इजाजत खुला गरेपछि आक्रोसित यातायात व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन् । आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने दाबी समेत उनीहरुले गरेका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघको सरोज महासचिव सिटौलाले यातायात हड्तालदेखि नेपाल बन्दसम्म गर्न सक्ने बताए ।
यातायात व्यवस्था विभागले १८ चैतमा यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो । यो यातायातमा कायम सिण्डिकेट तोड्न महत्वपूर्ण कदम मानिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *