Loading...
मृत्यूदण्डको सजाय सुनेको निर्दोश नेपालीको कथा, को हुन उमेश यादव ?

विगत १२ बर्षदेखि सउदी अरेबीयाको जुबेल जेलमा कैदी जीवन बिताईरहेका धनुषा उमेश यादवको मुद्दामा नेपाली राजदुतावास र परराष्ट्र मन्त्रालयले थप सक्रियता बढाएको छ ।
धनुषाको कमला नगरपालिका वडा नं. ३ पर्सा घर भई हाल सउदी अरेबीयाको जेलमा रहेका उमेश यादवबारे समाजिक सञ्जालहरुमा तथा विभिन्न सँचार माध्यमहरुमा आएको भ्रामक समाचारप्रति विश्वास नगर्न आग्रह गर्दै सउदी अरेबीया स्थित रहेको नेपाली दुतावासले उमेशको मुद्दामा थप सक्रियता बढाएको जनाइएको छ ।
बुधबार दुतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै उमेशको मुद्दा सउदी अरेबीया अदालतमा विचाराधिन रहेको र हालसम्म अन्तिम फैसला भईनसकेको जनाइएको छ ।

नेपालबाट सँचालित केही गैरकानुनी मिडिया र वेभसाईटहरुले उमेशको बारेमा अनर्गल, कपोकल्पित र भ्रामक समाचार प्रकाशित गरेको भन्दै उनको परिवाजनमा अनावश्यक तनाव र चिन्ताको साथै सर्वसाधारणमा भ्रम सिर्जना हुन गएको भन्दै यसको पछाडी नलाग्न आग्रह गरेका छन् ।समाजिक सञ्जाल वा अनलाईन मिडिया तथा पत्रपत्रिकाहरुमा केही लेख्नुभन्दा पहिले सम्बन्धित निकायमा सोधपुछ गरी यथार्थ बुझेरमा मात्र लेख्न अनुरोध गरेको हो ।

यता, तराई मधेस राष्ट्रिय परिषदका सदस्य सरोज रायले बुधबार नै परराष्ट्र मन्त्रालय पुगेर उमेश यादव तथा उमेशसँगै रहेका उदयपुर जिल्लाका विवेक दाहालको मुद्दामा वार्तालाप गर्दै सबै कागजातसहितको फाईल परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई बुझाउँदा साकारात्मक देखिएको बताइएको छ ।

फाईल बुझदै मन्त्री ज्ञवालीले आफ्नो नीजि सचिवलाई तुरुन्तै पहल गर्न आदेश दिएको भनेर अभियन्ता सरोज रायले आफ्नो फेसबुकमा लेखेका छन् ।

सउदी अरेबीयाको अदालतले गत ८ अप्रिलको अन्तिम फैसला सुनाउने भनिएपनि अन्तिम फैसला रोक्दै पुराना फाईलहरु मात्र झिकाउने आदेश गरेपछि उमेश यादवलाई आममाफी हुने प्रवल सम्भावना रहेको छ ।
सन् २००६ मा एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा विगत १२ वर्षदेखि सउदीको जेलमा उमेश कैदी जीवन विताईरहेका छन् ।

एक पाकिस्तानी नागरिकसँग भएको भनाभनकै क्रममा दुर्घटनावंश मृत्यू भएपछि उमेशलाई दोषी करार दिँदै मृत्यूदण्डको सजाय सुनाएको हो ।
यता, दुतावास र परराष्ट्र मन्त्रालयको सक्रियता बढेपछि उमेशलाई आममाफी हुने सँकेत देखिएको छ । ……

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *