Loading...
नयाँ वर्ष मनाउने क्रममा १ सय ६१ जना प्रहरीको फन्दामा, सार्वजनिक मुद्दा लगाउने तयारी

काठमाडौ , १ वैशाख / नयाँ वर्ष मनाउने क्रममा होहल्ला, झगडा र लुटपाट गर्ने १ सय ६१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रवार राति काठमाण्डुका ठमेल, दरबारमार्ग, जमल, बागबजार, नयाँ बसपार्क क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाण्डुका डिएसपी मोहनकुमार थापाले बताए ।

नयाँ वर्षलाई सुरक्षित र शान्त बनाउन प्रहरीले ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । नियन्त्रणमा लिएकामध्ये केहीलाई सम्झाई बुझाइ आफन्तको जिम्मा लगाइने र केहीलाई सार्वजनिक अपराधमा अनुसन्धान अगाडि बढाइने डिएसपी थापाले बताए ।

dhankutakhabar.net

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *